site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३७ एसपीको पदस्थापन, काठमाडौं प्रहरी र अनुसन्धान कार्यालयमा संख्या बढ्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३७ प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरेको छ । यही माघ २० गते गृह मन्त्रालय (सचिवस्तर)को निर्णयानुसार प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका उनीहरूको सोमबार पदस्थापन गरिएको हो ।

बढुवा भएका एसपीहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आइतबारै (माघ २०) दर्ज्यानी चिह्न लगाइदिएका थिए । यसअन्तर्गत एक नम्बरमा बढुवा भएका कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन गरिएको छ ।

दोस्रो नम्बरमा बढुवा भएका सुमित खड्कालाई प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, मनोहर भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा यसअघिदेखि एसपी अपिल बोहरा कार्यरत छन् । चन्दलाई समेत त्यहाँ पदस्थापन गरिएसँगै परिसरमा दुई एसपी हुने भएका छन् ।

यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयमा तीन एसपी रहने भएका छन् । यसअघिदेखि उक्त कार्यालयमा एसपी अंगुर जिसी र काजीकुमार आचार्य एसपी छन् । सोमबार त्यहाँ भट्टको पदस्थापन गरिएसँगै एसपीको संख्या तीन पुगेको छ ।

पदस्थापन सूची हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro