site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेवातालमा २५ हजार माछाका भुरा छोडियो
Tiktok banner adTiktok banner ad

काठमाडौं । विश्व सिमसार दिवसको अवसरमा पोखराको फेवातालमा २५ हजार माछाका भुरा छोडिएको छ ।

पोखरा महानगरपालिका वडा नं ६ को एक लाख ५० हजार रुपैयाँको सहयोगमा पोखरा–१८, सराङकोटस्थित फेवा हर्पन खोला मत्स्य सहकारी संस्थाले माछाको भुरा छोडेको हो । तालमा सल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, नैनी र रहु जातका माछाका भुरा छोडिएको हो ।

तालमा माछाका भुरा छोड्दै पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले दशकौँदेखि फेवातालमा आश्रित जलारी समुदायको आयस्तर वृद्धि गर्नका लागि प्रयास गरेको बताए । उनले गत वर्ष पनि एक लाख रुपैयाँ बराबरको माछाका भुरा छोडेपछि जलारी समुदायले राम्रो आम्दानी गरेको र पोखरा महानगरपालिकाले पनि दोब्बर राजस्व आम्दानी गरेको जानकारी दिए ।

तालमा अवैध रूपमा माछा मार्ने कार्य रोक्न सबैको सहयोग आवश्यक रहेको भन्दै उनले माछा संरक्षणमा के–के गर्न सकिन्छ त्यसतर्फ पनि ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए । तालका जलकुम्भी झार हटाउने कार्यमा वडाले नै काम गर्ने उनको भनाइ छ । वडाध्यक्ष भट्टराईले वडाले यस कार्य आगामी वर्षमा पनि निरन्तर गर्ने भन्दै लोपोन्मुख जलारी समुदायको हरेक दुःख सुखमा आफूले साथ दिने प्रतिबद्धता जनाए ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro