site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतीय क्रिकेट टिमका प्रशिक्षक भन्छन्– च्याम्पियन्स ट्रफीमा रोहित र विराटको महत्त्वपूर्ण जिम्मेवारी छ

काठमाडौं । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक गौतम गम्भीरले च्याम्पियन्स ट्रफीमा कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् ।

पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी यसै महिनादेखि सुरु हुने भए पनि रोहित र विराट दुवै स्वभाविक लयमा छैनन् । घरेलु मैदानमा भएको न्युजिल्यान्डसँगको टेस्ट शृंखलामा ‘ह्वाइट वास’ हुँदा र अस्ट्रेलियासँग बोर्डर–गाभास्कर ट्रफीमा ३–१ ले शृंखला गुमाउँदा यी दुवै ब्याटरको प्रदर्शन निराशजनक थियो । यसपछि रोहित र विराट स्वभाविक लयमा फर्किन घरेलु क्रिकेट लिग रणजी ट्रफीमा फर्किएका छन् ।

Dabur Nepal

स्वभाविक लयका निम्ति संघर्षरत हुँदा पनि प्रशिक्षक गम्भीर भने दुवै ब्याटरको बचाउमा उत्रिए ।

“मलाई लाग्छ रोहित र विराटले ड्रेसिङ रुम र भारतीय क्रिकेट टिममा ठूलो अर्थ राख्दछन् । उनीहरूले च्याम्पियन्स ट्रफीका निम्ति महत्वपूर्ण जिम्मेवारी पाएका छन्,” गम्भीरले भने, “मैले पहिले पनि भन्ने गरेको छु, यी दुवै ब्याटर निक्कै भोको छन्, देशका निम्ति खेल्न चाहन्छन् । उनीहरुमा राष्ट्रबाट खेल्न र राष्ट्रलाई केही दिनका निम्ति ठूलो लगाव छ ।”

फेब्रुअरी १९ देखि सुरु हुने प्रतियोगितामा भारत समूह ‘ए’ मा छ । यो समूहमा भारतसँगै बंगलादेश, पाकिस्तान र न्युजिल्यान्ड छन् । भारतले २० फेब्रुअरीमा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro