site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ जिल्ला बन्द आह्वान : झापामा झडप

काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा मन्दिर क्षेत्र)मा केबलकार निर्माण खारेजीको माग गर्दै आह्वान गरिएको बन्दका कारण पूर्वका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । केबलकार खारेजी संघर्ष समिति, मुक्कुम्लुङ संरक्षण समितिलगायत समूहले आह्वान गरेको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको हो ।

आइतबार (माघ २०) बन्द आह्वान गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच झापाको दमकमा झडप समेत भयो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

safdag-1738491329.jpg
पूर्वका विभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सञ्चालन गर्ने प्रयास गरिएको छ ।

विभिन्न माग राख्दै संघर्ष समितिले माघ २० र २१ गते दुई दिन अरुणपूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो । हिमालयन टेली भ्वाइसबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro