site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अध्यादेशबाटै जन्मिएको पार्टीले सबैभन्दा बढ्ता विरोध गर्‍यो : सांसद भट्टराई

काठमाडौं । राष्ट्रियसभामा नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

विगतमा सदन बन्द गरिएको भोलिपल्टै पार्टी फुटाउन अध्यादेश ल्याइएको उनले उल्लेख गरे । अध्यादेशको नियत सही हुनुपर्नेमा उनले जोड दिए ।

Dabur Nepal

उनले अध्यादेशबाटै जन्मिएको पार्टीले यसको विरोध गर्नु उचित नहुने धारणा राखे । उनले भने, “विगतमा आज सदन बन्द गर्ने र भोलि अध्यादेश ल्याएर पार्टी फुटाउने काम भएको होइन र ? मलाई त अचम्म के लाग्छ भने, अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको सबैभन्दा बढ्ता विरोध गरेको छ । ल्याउनु हुँदैन थियो भन्न मिल्छ र ?”

कानुन झन्झटिला, विदेशी तथा स्वदेशी लगानी नआएको, फाइलहरू महिनौँ रोकिनेलगायत झन्झट धेरै भएकाले सरकारले अध्यादेश ल्याएको उनको भनाइ थियो । “सरकारले जनतालाई केही डेलिभरी दिनुपर्ने आवश्यकता देख्यो र अध्यादेश ल्यायो । हामीले सदनमा भनेका हौँ– कानुन झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरू महिनौँ रोकिनेलगायत झन्झट धेरै भयो । लगानीकर्ता आकर्षित हुन सकेनौँ भन्यौँ । त्यसको लागि सात दिनभित्र टुंगो लगाउनुपर्छ भन्दा बेठिक भयो र ?,” उनले प्रश्न गरे ।

सांसद भट्टराईले अध्यादेश ल्याइयो भन्नु भन्दा यसको कार्यान्वयनमा जोड दिन सरकारलाई दबाब बढाउनुपर्ने बताए । न्युज एजेन्सी नेपालबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro