site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ६९.८० अंकले बढ्यो, पाँच महिनापछिकै उच्च मूल्यको कारोबार 

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६९.८० अंक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशतले बढेर २,७२७.५८ विन्दुमा बन्द भएको हो ।

यस दिन पाँच महिनापछिकै उच्च मूल्यको सेयर कारोबार भएको हो । आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यसअघि, २०८१ भदौ १९ गते १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज २०२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ३७ कम्पनीको सेयरमूल्य घटेको छ । हिमालयन हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स र सिद्धार्थ बैंकको सेयरमूल्य स्थिर छ । 

आज सात कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । समुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेका छन् । माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशतले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro