site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालको बैठक जारी, आज यी एजेन्डामा छलफल 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिनको बैठक चल्दै छ । आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेन्डामाथि छलफल हुने भएको छ । 

आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेन्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । 

बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को समीक्षालाई मुख्य एजेन्डा बनाएको छ । 

त्यस्तै, सरकारले ल्याएको अध्यादेश, मधेसकेन्द्रित दलबीचको मोर्चा, नो केबलकार आन्दोलनलगायत वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित रहेको बस्नेतले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro