site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताअन्तर्गत सहिद गेटमा ट्रफी अनावरण गरिएको छ । सहिद दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सभापति कपको ट्रफी अनावरण निर्देशन समितिका संयोजक एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले गरेका हुन् ।

कार्यक्रममा आयोजक टोलीका पदाधिकारी प्रशिक्षक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । महाधिवेशन निर्देशन समितिका पदाधिकारीहरूले सहिद दिवसको सन्दर्भमा राष्ट्रका लागि बलिदान दिने सहिदहरूको सम्झनामा सहिद गेटबाट ट्रफी अनावरण गर्न उचित लागेको बताएका थिए ।

माघ १० गतेदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको फाइनल खेलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश (वाग्मती) आमनेसामने हुनेछन् ।

सभापति कप फुटबल प्रतियोगिता सबैभन्दा ठूलो पुरस्कार राशि भएको नकआउट फुटबल प्रतियोगिता हो । यस प्रतियोगितामा विभिन्न ए डिभिजन क्लबहरूसहित उत्कृष्ट खेलाडीहरूको सहभागिता रहँदै आएको छ । यस संस्करणमा पनि प्रतिष्ठित टिमहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro