site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओली कपको तेस्रो संस्करण फागुन ११ देखि

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी दिएको हो ।

प्रतियोगितामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । 

प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने उनले बताए । फुटबल जगत्लाई ऊर्जा दिनका लागि निरन्तर रूपमा केपी ओली कप फुटबल आयोजना गरिरहेको अध्यक्ष थेवेले जानकारी दिए । 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro