site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशसभाको बैठक आह्वान

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले वाग्मती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरेका हुन् ।

यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते बस्ने गरी हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुखले बैठक आह्वान गरेको सूचनाको पत्र प्रदेशसभा सचिवालयमा आजै अपराह्नमा दर्ता गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम गत असोज १० गतेबाट वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro