site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

मायामी (अमेरिका) । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका निम्ति इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गरेका छन् ।

ट्रम्पले रक्षामन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरूबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षाकवच (नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’को कार्यान्वयन योजना पेस गर्न आदेश दिएका छन् । यसमा अन्तरिक्ष–आधारित अवरोधकको विकास पनि समावेश छ ।

सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका निम्ति इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गरेका थिए ।

तथापि, उनले यो प्रणाली छोटो दूरीको खतराका निम्ति डिजाइन गरिएको तथ्यलाई बेवास्ता गरे । यसले यसलाई संयुक्त राज्य अमेरिकाका निम्ति मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रविरुद्ध रक्षा गर्न अनुपयुक्त बनाउँछ ।

ट्रम्पले यसअघि मायामीमा रिपब्लिकन कांग्रेसको ‘रिट्रिट’मा यो प्रणाली संयुक्त राज्य अमेरिकामा निर्माण गरिने बताएका थिए ।

हमास र लेबनानको हिजबुल्लाह समूहले प्रहार गरेका रकेटहरू खसाल्न इजरायलले आफ्नो आइरन डोम प्रणाली प्रयोग गरेको छ ।

“उनीहरूले लगभग हरेक रकेटलाई खसाल्छन्,” ट्रम्पले मायामी बैठकमा भने, “त्यसैले मलाई लाग्छ, संयुक्त राज्य अमेरिका पनि यसको हकदार छ । ”

उनले सोमबार अमेरिकी सेनासँग सम्बन्धित अरू केही आदेशमा पनि हस्ताक्षर गरे । यसमा लैंगिक अल्पसंख्यक (ट्रान्सजेन्डर) व्यक्तिहरूलाई सशस्त्र बलमा प्रतिबन्ध लगाउने मार्ग तय गर्ने एउटा आदेश पनि समावेश छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro