site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सेनामा तेस्रोलिंगीको भर्ती बन्द
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामा तेस्रोलिंगीको भर्तीबारे पुनरवलोकन गर्न आदेश दिएका छन् । राष्ट्रपति पद सम्हालेकै दिन ट्रम्पले अबदेखि महिला र पुरुषबाहेकका लैगिंक पहिचान स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाको दुई लिंगी नीतिकै निरन्तरता स्वरुप उनले अमेरिकी सेनामा तेस्रोलिंगीको भर्तीबारे पुनरवलोकन गर्न आदेश दिएका हुन् । उनले सुरक्षा सचिवलाई आदेश दिँदै तेस्रोलिंगी सैनिक भर्तीको नियम पुनरवलोकन गर्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

ट्रम्पको आदेशले तत्काल तेस्रोलिंगीको भर्ती बन्द नगरे पनि आदेशको उदेश्य भने भविष्यमा भर्ती बन्द गर्नुरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

यसबाहेक उनले कोभिड–१९ को भ्याक्सिन नलगाएका कारण जागिरबाट निकालिएका सैनिकलाई पुनः जागिरमा फर्काउन पनि आदेश दिएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro