site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीसित भारतीय अधिकारीको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार शिष्टाचार भेट गरेका छन् । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबल बीचको सम्बन्ध र सहकार्य, लागुऔषध ओसारपसार तथा दुर्व्यसन नियन्त्रणलगायत विषयमा छलफल भएको छ ।

त्यसका साथै कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण र सुरक्षा सम्बन्धी समझदारीका सम्बन्धमा समेत छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा गृहमन्त्री रमेश लेखक र अतिरिक्त सचिव महावरले दुई देशबीच आगामी दिनमा समेत सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् ।  मन्त्री लेखकले शान्ति सुरक्षाले विकास र समाजलाई प्रभाव पार्ने हुँदा उक्त विषयमा दुवै मुलुक गम्भीर हुनुपर्नेमा जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro