site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आशिका तामाङलाई अदालतमा पेस गरिँदै
तस्बिर : फेसबुकबाट ।

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको भक्तपुर प्रहरीले जनाएको छ ।

आशिका हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन् । सोमबार (हिजो) उनलाई काठमाडौंबाट भक्तपुर लगिएको हो । प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी उनलाई सोमबारै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

उनीविरुद्ध भक्तपुर प्रहरीमा पनि उजुरी रहेकाले काठमाडौंबाट छुटेलगत्तै जगाती लगिएको हो । सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

“उहाँ (आशिका तामाङ)विरुद्ध यहाँ पहिल्यै उजुरी थियो । सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा अनुसन्धान गर्न लागेका हौँ,” डीएसपी न्यौपानेले बाह्रखरीसित भने ।

भक्तपुरको साँगास्थित झोलुंगे पुलमा आशिकाले टिकट जलाएको, दररेटको पोस्टर च्यातेको, त्यहाँका कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी दिइएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro