देश
काठमाडौं । स्रोत नखुलेको ३९ लाख रुपैयाँ नगदसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई काठमाडौंको टोखामा बस्दै आएका ४८ वर्षीय माधव श्रेष्ठ छन् ।
आइतबार (हिजो) साँझ उक्त रकमसहित काठमाडौं महानगरपालिका–२४, इन्द्रचोकबाट श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए ।
श्रेष्ठलाई रानीपोखरीको विशेष टोलीले पक्राउ गरेको हो । उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीले आंशका गरेको छ ।
उनीमाथि अनुसन्धान गर्न रानीपोखरीको टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई बुझाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ १४:५२
प्रतिक्रिया दिनुहोस्