site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी सेनाले मार्‍यो ३० आतंककारी, हतियार र गोलाबारुद पनि बरामद

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा तीन छुट्टाछुट्टै मुठभेडमा ३० आतंककारी मारिएका छन् । पाकिस्तानी सेनाले शुक्रबार र शनिबार खैबरका विभिन्न स्थानमा आतंककारीविरुद्ध गोप्य अपरेसन चलाएको थियो ।

खैबर पख्तुनख्वामा भएको पहिलो भिडन्तमा पाकिस्तानी सेनाले १८ आतंककारीलाई मारेको थियो । सोही समयमा कराक जिल्लामा गरिएको एक कारबाहीमा आठ आतंककारी मारिएका थिए । तेस्रो मुठभेड खैबरको बाग क्षेत्रमा भएको थियो । त्यहाँ सेनाले चार आतंककारीलाई मारेको छ । दुई जना घाइते भएका थिए ।

मारिएका आतंककारीबाट धेरै हतियार र गोलाबारुद पनि बरामद गरिएको एआरवाई न्युजले जनाएको छ ।

यसअघि जनवरी १२ मा, पाकिस्तानी सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाहरूमा दुई छुट्टाछुट्टै मुठभेडमा ९ आतंककारीलाई मारेको थियो ।

खैबर पख्तुनख्वा प्रान्तलाई पाकिस्तानको सबैभन्दा अशान्त क्षेत्र मानिन्छ । यहाँ पाकिस्तानी तालिबानका आतंककारीले निरन्तर पाकिस्तानी सेनालाई निशाना बनाउँदै आएका छन् ।

टाइम्स अफ इन्डियाबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro