site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेशको प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदन (संसद् बैठक)मा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूको संयुक्त बैठकबाट अध्यादेशबारे आफ्ना सांसदहरूसँग सघन रूपमा छलफल गरेर सदनमा एकढिक्का भई प्रतिरक्षा गर्ने निर्णय गरिएको हो ।

कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधि चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको बैठकमा जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाइने र संसद्‌मा त्यहीअनुसार प्रस्तुत हुने उनले जानकारी दिए ।

सरकारको कामका बारेमा समेत मन्त्रीहरूले बैठकमा जानकारी गराएका थिए ।

विचाराधीन विधेयकलाई छिटो अघि बढाएर संसद्को आउँदो अधिवेशनबाटै पारित गर्ने गरी छलफल गरिने महतले बताए । संविधान संशोधनको विषयलाई छिटो अघि बढाउन सरकारी तहमा संयन्त्र नै गठन गरेर अघि बढ्ने जानकारी आएको उनले उल्लेख गरे ।

कांग्रेस सभापति शेरबहादुुर देउवाले सरकारमा गएका मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न बैठकमा निर्देशन दिएका थिए ।

अध्यादेशलगायत विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार (भोलि) बस्दै छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro