site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

असान्दर्भिक भयो भने सही विषयको उठान पनि अस्वाभाविक हुनपुग्छ ।  चिनियाँ नयाँ वर्षका अवसरमा काठमाडौं स्थित चिनियाँ दूतावासले ठमेलमा बसन्त उत्सव मनाउन अनुमति मागेको थियो । त्यसको उत्तरमा काठमाडौं महानगरपालिकाले दूतावासलाई चक्रपथको कलङ्की-महाराजगन्ज खण्डमा कार्यक्रम आयोजना गर्नु भनेर स्थान तोकिदियो । 

ठमेल क्षेत्र पर्यटन आकर्षणको केन्द्र त हुँदै हो केही वर्ष यता चिनियाँ व्यापार केन्द्र पनि बन्न पुगेको छ । साथै, पर्यटक लक्षित उत्सव वा कार्यक्रमहरू अधिकांशतः ठमेलमै आयोजना हुँदै पनि आएका छन् । यसैले ठमेल क्षेत्रमा महोत्सव आयोजना गर्न चिनियाँ राजदूतावासको चाहना हुनु अत्यन्त स्वाभाविक हो । 

Dabur Nepal
NIC Asia

अर्कोतिर, महानगरपालिकाले देखाएको चक्रपथको कलङ्की-महाराजगन्ज खण्डमा थालिएको सडक सुधारको काम वर्षौंदेखि अधुरो रहेको छ । संयोग, त्यो सडकखण्ड सुधारको ठेक्का चिनियाँ कम्पनी साङघाई कन्स्ट्रक्सनले लिएको छ । ठेकेदार कम्पनीले सडक सुधारको काम सम्पन्न नगर्दा चक्रपथका यात्रुका साथै स्थानीयले पनि सास्ती भोगेका छन् । 

सडक सुधारको काम अधरो राखेकोमा स्थानीय जनता आक्रोशित छन् । ठेकेदार कम्पनी चिनियाँ भएकाले सायद काठमाडौं महानगरपालिकाले यो जनआक्रोश चिनियाँ दूतावासमाथि प्रकट गरेको हुनुपर्छ । महोत्सवका लागि कलङ्की-महाराजगन्ज खण्डको धुलाम्य सडक देखाउनुमा महानगरपालिकाको व्यङ्ग्य र आक्रोश झल्कन्छ । यसलाई मनन गरेर चिनियाँ पक्षले सहजरूपमा लिनु मित्रवत् व्यवहार हुनेछ ।

विडम्बना, काठमाडौं महानगरपालिकाका पदाधिकारीको व्यङ्ग्य चेत अकूटनीतिक र अनुचित शैलीमा कुसमयमा प्रकट भयो । महोत्सव सकिएपछि महानगरपालिकाले शिष्ट तथा कूटनीतिकरूपमा यही व्यङ्ग्य गरेको भए सायद त्यसले चिनियाँ पक्षलाई संवेदित बनाउन पनि सक्थ्यो ।

स्मरणीय छ, सन् २०२५ मा नेपाल-चीन दौत्य सम्बन्ध स्थापित भएको ७० औं वार्षिकोत्सव मनाउने र त्यस क्रममा चीनले २०२५ मा नेपाल भ्रमण गर्न आफ्ना नागरिकहरूलाई प्रेरित गर्ने कार्यक्रम रहेको छ । चिनियाँ पर्यटकको प्राथमिकतामा नेपाल पर्न सक्यो भने त्यसको पहिलो लाभ त काठमाडौंलाई नै हुने हो ।

जे नहुनु पर्ने थियो त्यो त भई नै सक्यो । अब गर्ने त क्षति कम गर्ने उपाय न हो । यसैले काठमाडौं महानगरपालिकाको यस अकूटनीतिक शैलीबाट चिनियाँ मित्रहरूको चित्त नदुखोस् भन्नेमा नेपाल  सरकार विशेष सगज र संवेदनशील हुनुपर्छ । काठमाडौं महानगरपालिकाले पनि गल्ती सुधार्न माफी माग्नसमेत हिचकिचाउनु हुँदैन । 

काठमाडौं महानगरपालिका जिम्मेवार स्थानीय सरकार हो । राजधानीको महानगरपालिका भएकाले यसको जिम्मेवारी अरूभन्दा बढी नै हुन्छ । यस्तो निकायमा काम गर्ने कर्मचारी र जनप्रतिनिधिले उर्बौलो व्यवहार गर्दा देशकै लागि प्रत्युत्पादक हुनसक्छ । सही विषय उठाउन पनि समय, सन्दर्भ, शैली भने कूटनीतिक, मर्यादित र संयमित हुनुपर्छ भन्ने सधैँ हेक्का रहोस् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro