काठमाडौं । मकवानपुरमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका आरोपी मानसिक रोगी भएको खुलेको छ ।
वाग्मती गाउँपालिका–३, घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको थियो । तर, प्रहरीको अनुसन्धानका क्रममा उनी मानसिक समस्यामा भएको खुलेको हो ।
बम्जनले ती बालिकालाई सोमबार दिउँसो बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । प्रहरी बालिकालाई बलात्कार भयो कि प्रयास मात्रै गरे भन्नेबारे बालिकाको स्वास्थ्य परीक्षणबाट खुल्ने जनाएको छ । परीक्षणको रिपोर्टको आधारमा उनीमाथि थप अनुसन्धान हुने मनवानपुर प्रहरीले जनाएको छ ।