site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिमा प्राधिकरणको अध्यक्षका निम्ति १२ जनाको आवेदन

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका निम्ति १२ जनाले आवेदन दिएका छन् । आवेदन दिने समय शुक्रबार (माघ ११)सम्म थियो । यो अवधिमा १२ जनाले आवदेन दिएका अर्थ मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाइँ, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठले आवेदन दिएका छन् ।

प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका निम्ति गठित सिफारिस समितिले गएको पुस २६ गते १५ दिनको अवधि राखेर आवेदन आह्वान गरेको थियो ।

अध्यक्षका निम्ति बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्योसरहको उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ । सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको पनि हुनुपर्नेछ ।

यसअघिका अध्यक्ष सूर्य सिलवालमाथि नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी पदमुक्त भएका थिए । अर्थ मन्त्रालयले अर्काे अध्यक्ष नियुक्त नभएसम्मका निम्ति सहसचिव मदन दहाललाई अध्यक्षका रूपमा पठाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro