site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरको अपराजित यात्रा कायमै, धनगढीविरुद्ध काठमाडौंको सहज जित

काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा अपराजित यात्रा कायम राख्ने क्रममा लगातार चौथो जित निकालेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) परिसरमा रहेको कभर्डहलमा सम्पन्न खेलमा जनकपुरले पोखरा लेकर्सविरुद्ध ३६–२९ को रोमाञ्चक जित निकालेको हो ।  

जितसँगै चार खेलमा २० अंक जोडेको जनकपुर शीर्षस्थानमा उक्लिएको छ । चारै खेलमा पराजित पोखरा एक अंकका साथ पुछारमा छ । सात अंकभन्दा कम अन्तरको हार बेहोरेको कारण पोखराले एक अंक पाएको हो ।

त्यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं म्याभरिक्सले धनगढी वाइल्डक्याट्सविरुद्ध १५ अंकको सहज जित निकाल्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमै भएको खेलमा काठमाडौंले धनगढीविरुद्ध ५१–३६ अंकको जित निकालेको हो ।

तेस्रो जितसँगै काठमाडौंले चार खेलमा १६ अंक जोडेको छ । धनगढी समान खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro