site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्टुडेन्ट्सविरुद्ध छाहारीको फराकिलो जित

काठमाडौं । छाहारी युवा क्लब महिला टिमले एन्फा महिला लिग छनोटमा स्टुडेन्ट्स फुटबल क्लब महिला टिमविरुद्ध ६–१ को फराकिलो जित निकालेको छ । 

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा छाहारीलाई जित दिलाउन टोलीकी सुमित्रासिंह पाख्रिनले दुई गोल गरिन् । अस्मिता चौधरी, ललिता मण्डल, सानीमाया लो र दिपा पुनमगरले पनि समान एक गोल गरे । जवाफमा स्टुडेन्ट्सकी सविना तामाङले एक गोल फर्काइन् । 

खेलको १६औँ मिनेटमा सुमित्राले छाहारीलाई अग्रता दिलाइन् । ३५औँ मिनेटमा अस्मिताले अग्रतालाई दोब्बर बनाइन् । ३८औँ मिनेटमा सुमित्राले दोहोरो गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याइन् । ५६औँ मिनेटमा ललिताले गोल गरेपछि छाहारीले खेलमा ४–० को अग्रता कायम गर्‍यो । 

६७औँ मिनेटमा स्टुडेन्ट्सकी सविनाले गोल गर्दै टोलीलाई ४–१ को अवस्थामा ल्याइन् । 

७५औँ मिनेटमा छाहारीकी सानीमायाले गोल गर्दै टोलीलाई ५–१ को अवस्थामा राखिन् । यसको दुई मिनेटपछि ७७औँ मिनेटमा दिपाले अग्रतामा एक गोल थपिन् । 

छाहारीको यो दोस्रो जित हो । छाहारीले पहिलो खेलमा एफसी रियलेविरुद्ध ३–० को जित निकालेको थियो । उसले अब तेस्रो खेलमा राप्तीसँग खेल्नेछ । खेल भदौ ८ गते दिउँसो १२ः३० बजे हुने तालिका छ । 

दोस्रो हार बेहोरेको स्टुडेन्ट्सले भने तेस्रो खेलमा भदौ ११ गते शीर्ष डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्