site stats
बाह्रखरी :: Baahrakhari
खेल
गोकर्णमा राष्ट्रिय ‘मिनी स्केट’ म्याराथन हुने

काठमाडौं । गोकर्णमा ‘पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन’ हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक द स्केट ल्यान्डले म्याराथनबारे जानकारी दिएको हो ।

आयोजकका अनुसार, प्रतियोगिता आगामी असोज ४ गते (सेप्टेम्बर २०) मा गोकर्णमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित छिमेकी राष्ट्र भारत र दुबईबाट गरी कुल २०० खेलाडीले सहभागिता जनाउनेछन् । स्केट म्याराथनको दुरी पाँच किलोमिटर छ ।

प्रतियोगिताको कुल बजेट २६ लाख रुपैयाँ छ । प्रतियोगितामा पहिलो हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँसहित स्केट सुज र सेफ्टी गियर पाउनेछन् । प्रतियोगिताको सहभागिता शुल्क एकहजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्