site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय कम्पनी प्रोजिलले नेपालमा नवीकरणीय ऊर्जामा काम गर्ने

काठमाडौं । भारतको सबैभन्दा ठूलो सौर्य ईपीसी कम्पनी प्रोजिल ग्रीन इनर्जीले नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा काम सुरु गरेको छ । दुई गिगावाटभन्दा बढी सौर्य क्षमता भएको प्रोजिल ग्रीन इनर्जी र गोल्यान पावर लिमिटेडबीचको संयुक्त उपक्रम ‘प्रोजिल ग्रीन इनर्जी नेपाल’ सुरु भएको हो ।

काठमाडौंमा बुधबार आयोजित प्रोजल ग्रीन इनर्जी शिखर सम्मेलनमा औपचारिक रूपमा सुरूवात गरिएको हो ।

कार्यक्रममा विशेष अतिथि रहेका विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई अगाडि बढाउनका लागि विभिन्न नीतिहरू ल्याइरहेको बताए ।

उनले नियामक निकायको हैसियतले विद्युत् नियमन आयोगले पनि नयाँ नयाँ नीतिहरूमा काम गरिरहेको र यस क्षेत्रलाई थप अगाडि बढाउनका लागि सधैँ तत्पर रहेको बताए ।

“सरकार नवीकरणीय ऊर्जाका क्षेत्रमा साथै निजी क्षेत्रलाई सहयोग गर्नका लागि सधैँ तत्परे छ । तपाईंहरूले लगानी बढाउँदै जानुहुन्छ भन्ने विश्वास छ,” उनले भने ।

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले गोल्यान समूहले दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताए ।

“हामीले चाहेमा र सरकारले बाटो खुला गरिदिएमा अर्को वर्षमा एक हजार मेगावाट ऊर्जा उत्पादन गर्न सक्छौँ भन्ने लाग्यो,” उनले भने ।

यस्तो भएमा मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्यून मात्रै किन्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

मुद्दा मामिलाका कारण यसमा धेरै समस्या सिर्जना भएको भन्दै उनले सरकार र मन्त्रीलाई पनि आफूहरूले यस्ता समस्या हटाएर स्पष्ट भिजनसहित अगाडि बढ्न सुझाइ रहेको बताए ।

उनले सोलार ऊर्जालाई कसरी अगाडि बढाउने भन्ने कुरा अझै प्रष्ट नभइसकेकाले यसमा स्पष्ट भिजन बनाउनुपर्नेमा जोड दिए ।

बन्दै गरेको विद्युत विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएकाले त्यसलाई समेट्नुपर्नेमा उनको जोड थियो । उनले भने, विधेयक हरेक वर्ष परिवर्तन गर्ने कुरा हुँदैन ।

त्यसकारण विधेयक बनाउँदै गर्दा यसमा विचार पु¥याउनु पर्छ । विधेयक बनाउँदै गर्दा पहिले लाइसेन्स ५० वर्षको हुने र त्यसपछि हस्तान्तरण गरिने स्पष्ट व्यवस्था भए पनि हाल ३५ वर्षको कुरा आउनु उचित नभएको उनले बताए ।

सोलारको विकास गर्दै जाँदा विधेयकमा यसलाई समेटिनुपर्नेमा सबै सरोकारवालाको एकमत हुनुपर्नेमा कार्कीको जोड छ । सोलार ऊर्जामा लाखौँ जनताको लगानी हुने भन्दै सरकारले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । साथै, हाल सरकार सकारात्मक रहेको बताउँदै सरकारले विधेयकमा यसलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सोपानका अध्यक्ष सन्दीप शाहले ऊर्जाको विकासमा सौर्य ऊर्जाको भूमिका उल्लेख्यनीय हुने बताए । उनले नेपालका केही क्षेत्रहरू सोलार ऊर्जा उत्पादनका लागि निकै उपयुक्त रहेको समेत बताए ।

ट्रान्समिसन लाइनको समेत सहज पहुँच गराएर मुस्ताङ लगायतका ठाउँबाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने उनको भनाइ छ । सौर्य ऊर्जा उत्पादनका लागि केही समस्याहरू समेत रहेकाले सरकारले नीतिगत रूपमा त्यस्ता समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा उनको जोड छ ।

प्रोजिल ग्रीन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा पाँचसय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ, जुन देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी युगको एक महत्त्वपूर्ण कदम हुनेछ ।

गोल्यान पावर तर्फबाट प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रवीण अर्यालले भने, “यो साझेदारीले नेपालमा नवीकरणीय ऊर्जा र दिगोपनप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । प्रोजिल ग्रीन इनर्जीसँग सहकार्य गरेर, हामीले नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने दिशामा निर्णायक कदम चालेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro