site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.१० अंकले घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि घटेको छ । आज एक अर्ब ३४ करोड रुपैयाँले सेयर कारोबार घटेको हो ।

आज सात अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नौ अर्ब २० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पाेरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सुपर मादी हाइड्रोपावर र मन्दकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये विकास बैंकको परिसूचक ०.८३ प्रतिशतले वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक स्थिर छ । 

बाँकी समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक २.४३ प्रतिशतले घटेको छ ।  

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro