site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूपन्देही जिल्ला अदालतमा रविको थुनछेक बहस आजदेखि सुरु हुँदै
फाइल तस्बिर ।

काठमाडौं । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । 

सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका रविसँग जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयान लिइएको थियो । बयान सकिएपछि उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको थियो । 

जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार लामिछानेलाई आज बिहान १० बजे अदालत उपस्थित हुनेगरी श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश भएको थियो । 

सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा परेको छ । 

यसअघि, कास्कीको सूर्यदर्शन ठगी मुद्दामा लामिछानेलाई ६५ लाख र काठमाडौंका सूर्यदर्शन ठगी मुद्दामा ६० लाख धरौटीमा रिहा हुने आदेश भएको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro