राजनीति

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो विधान अधिवेशन आगामी ०८२ भदौ २०, २१ र २२ मा गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) बसेको सचिवालय बैठकले निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
विधान अधिवेशन ललितपुरको गोदावरीमा हुनेछ ।
एमालेको महाधिवेशनअघि विधान अधिवेशन हुने गरेको छ । ०७८ असोजमा पहिलो विधान अधिवेशन भएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ २१:५३
प्रतिक्रिया दिनुहोस्