कला
काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । बुधबार आफ्नै निवासमा चक्कु प्रहारको घटनापछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
उनको शरीरका ६ ठाउँमा चक्कु प्रहार भएको थियो । मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कुको टुक्रा निकालिएको थियो । लीलावती अस्पतालमा उनको उपचार भइरहेको छ ।
सैफ घर फर्कने तयारीमा छन् । अस्पताल प्रशासनले उनलाई चाँडै डिस्चार्ज गरिने पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १४:५१
प्रतिक्रिया दिनुहोस्