site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
थाई चेम्बरका प्रतिनिधिसँग नेपाली महिला उद्यमीको छलफल  

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधिमण्डलले थाइल्यान्डस्थित थाई चेम्बर अफ कमर्सका प्रतिनिधसँग बैंककमा व्यावसायिक भेटवार्ता गरेको छ । प्रतिनिधिमण्डलले थाई चेम्बर अफ कमर्सका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी, व्यवसायीसँग द्विपक्षीय लगानी अभिवृद्धिका विषयमा छलफल गरेको हो ।

उक्त टोलीमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिका सदस्य निराजन चलाउनेलगायत व्यक्ति सहभागी थिए ।

थाई चेम्बर अफ कर्मसको निमन्त्रणामा बैंकक पुगेको प्रतिनिधमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गरेको थियो । टोलीले थाई उद्योगी, व्यवसायीलाई नेपालमा लगानीका निम्ति आग्रह गरेको थियो ।

यस्तै, नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला, महोत्सवमा भाग लिन तथा अरू सहकार्यका क्षेत्र पहिचान गरी लगानी गर्न पनि थाई व्यवसायीलाई आग्रह गरेको थियो । 

नेपाली व्यवसायीलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीको क्षमता अभिवृद्धि र अरू सहकार्यका निम्ति आफूहरू सकारात्मक रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro