site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘नइ पुरस्कार’को घोषणा

काठमाडौं । नइ प्रकाशनले दसजना सर्जकलाई २०८० सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेषित विज्ञप्तिअनुसार अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको संरक्षण र संवर्द्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । 

संस्कृतिविज्ञ हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, नेपाली भाषासाहित्यको सेवामा समर्पित प्रा.गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, प्रा.डा.मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’, न्युरो सर्जन डा.वसन्त पन्तलाई ‘नइ भावि पुरस्कार’ र रेडियोकर्मी कमल प्रधान तथा ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

साहित्यकार रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’, शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ र राधिका गुरागाईंलाई ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गरिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । 

यी सबै पुरस्कारका राशि जनही एक/एक लाख रुपैयाँ रहेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro