site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
चिया उमार्नेहरूको कथामा छुदेनको ‘उरमाल’  

काठमाडौं । लेखक छुदेन काविमोको उपन्यास ‘उरमाल’ एक समारोहबीच लोकार्पण गरिएको छ । प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा मानवशास्त्री सुरेश ढकाल तथा उपन्यासकार छुदेनले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् । 

उक्त अवसरमा कृतिकार छुदेनसँग मानवशास्त्री ढकालले संवाद गरे । संवादमा ढकालले ‘उरमाल’ उपन्यासले चिया उमार्नेहरूको कथा अर्थात् चिया टिप्ने श्रमिकहरूको जीवनका दुःख र संघर्षको कथा पस्किएको बताए । 

Dabur Nepal
NIC Asia

“मैले प्रत्येक दिन दुईतीन कप चिया पिउँछु, यस अर्थमा म चियाको पारखी हुँ भन्न मिल्ला । यसरी वर्षमा हजार कप चिया पिइरहे पनि मैले कहिल्यै चिया उमार्नेहरूबारे सोचेको रहेनछु । ‘उरमाल’ पढेपछि भने मलाई यसले झस्कायो,”  उनले भने । 

धेरैका आँखामा नपरेको तर लेखिनुपर्ने विषयलाई लेखक छुदेनले उपन्यासमा ल्याएको ढकालले बताएको फाइन प्रिन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
  
‘उरमाल’मा आफूले चिया श्रमिकहरूका सुस्केराको कथालाई समेटेको लेखक छुदेन काविमाको भनाइ छ । “जसका सङ्घर्ष त हजारौं छन् तर चैन थोरै पनि छैन । सपना त लाखौँ छन् । तर, सुख अलिकति पनि छैन । जहिल्यै दुःखको कथालाई मनमा बोकेर हिँड्नेहरूको जीवनको पीडालाई नै मैले उपन्यासमार्फत देखाउने कोसिस गरेको छु,” उनको भनाइ छ ।
 
‘उरमाल’ झर्रा आदिवासी कथा रहेको बताइएको छ । चियाको बोटसँग माया साटेर पुस्तौंदेखि धरमराइरहन विवश श्रमिकहरूको उच्छ्वासको कथा भएको लेखकको भनाइ छ । 

भारतको कालेबुङमा जन्मिएका छुदेन काविमो नेपालीभाषी आख्यानकार हुन् । उनको कथासङ्ग्रह १९८६ ले सन् २०१८ को युवा साहित्य अकादमी पुरस्कार पाएको छ । उनको पहिलो उपन्यास ‘फातसुङ’ अङ्ग्रेजी, बाङ्ला, सिन्धी र हिन्दी भाषामा समेत अनूदित छ । 

नेपाल, भारत र बेलायतबाट प्रकाशित अङ्ग्रेजी संस्करण ‘सङ अफ द स्वयल’ भारतको प्रतिष्ठित जेसिबी पुरस्कार २०२२ का लागि सर्टलिस्ट भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro