site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सभापति कप : उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् ।

निर्देशन समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेल तालिका सार्वजनिक गरेका हुन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल बिहीबार दिउँसो ३ बजे हुनेछ । हरेक दिन एक–एक खेल हुने पत्रकार सम्मेलनमा जनकारी गराइयो । प्रतियोगितामा आयोजकको टिम पनि रहेको छ । आयोजक टिमको रूपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले खेल्ने छ ।

त्यस्तै, माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, १२ गते पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुने आयोजकले जनाएको छ । खेल नकआउट हुने छ भने १४ र १५ गते सेमिफाइनलका खेल हुनेछन् । १६ गत एक दिन विश्राम राखिएको र त्यसै दिन उपाधि विजेताले पाउने ट्रफी सार्वजनिक गरिने छ ।  फाइनल खेल १७ गते हुने छ ।

प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ । फाइनलका दिन सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय नेपालले खेलकुदमा सफलता हासिल गरे पनि खेलाडी टिकाइ राख्ने वातावरण नभएको भन्दै यतातर्फ ध्यान दिन सबैलाई आग्रह गरे ।

प्रतियोगिताको अनुमानित बजेट एक करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँदै आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तित्वहरूको नाउँमा देशव्यापी प्रतियोगिताहरू आयोजना गर्ने प्रस्ट पारे । सभापति कप हरेक २–२ वर्षमा आयोजना हुने जानकारी गराए ।

बिहीबार हुने प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र समापन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro