site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीको सहज जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा वालिङ नगरपालिकाविरुद्ध ६–१ को सहज जित निकालेको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा आर्मीलाई जित दिलाउन चन्द्रा भण्डारीले पाँच गोल गरिन् ।यस्तै, विमला चौधरीको नाममा एक गोल रह्यो । वालिङकी मीना देउवाले एक गोल फर्काइन् ।

खेलको १४औँ मिनेटमा चन्द्राको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । तर त्यसको तीन मिनेटपछि नै मीनाले वालिङका लागि बराबरी गोल गरिन् । २३औँ मिनेटमा चन्द्राकै गोलमा आर्मीले अग्रतालाई २–१ राख्यो ।

चन्द्राले ५३औँ मिनेटमा ह्याट्रिक गरिन् । त्यसको नौ मिनेटपछि विमलाले गोल गर्दा आर्मी अग्रता ४–१ मा पुग्यो । यस्तै, चन्द्राले ६७ र ७३औं मिनेटमा गोल थप्दै आर्मीलाई सनदार जित दिलाइन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro