site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खोखो विश्वकप : महिला–पुरुष दुवै उपाधि भिडन्तमा नेपाल र भारत

काठमाडौं । भारतमा जारी खोखो विश्वकपको पहिलो संस्करणको उपाधि भिडन्तमा आज घरेलु टिम र नेपालबीच प्रतिस्पर्धा हुँदै छ ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा पुरुषतर्फको फाइनल खेल नेपाली समयानुसार बेलुका ८ बजे सुरु हुनेछ । समूह चरणमा भारतले नेपाललाई ४१–३७ ले पराजित गरेको थियो ।

नेपालले महिलातर्फको फाइनलमा पनि भारतकै सामना गर्नेछ । यो खेल आजै राति ७ः१५ बजे सुरु हुनेछ ।

नेपाली पुरुष टिम समूह ‘ए’को उपविजेता बन्दै क्वार्टरफाइनलमा आएको थियो । नेपालले क्वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ र सेमिफाइनलमा इरानलाई ७२–२० ले पराजित गरेको थियो ।

नेपाली महिला टिम भने अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो । महिलातर्फ नेपालले क्वार्टरफाइनलमा इरानविरुद्ध १०३–९ र सेमिफाइनलमा युगान्डामाथि ८९–१८ को सहज जित निकालेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro