site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेश पारित हुँदैन : सांसद पाण्डे

सिड्नी । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हास्यास्पद रहेको बताएका छन् । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेश गलत ढंगबाट ल्याइएको उनले टिप्पणी गरे ।

आफू पनि सहभागी भएर बनाइएको गैरआवासीय नेपालीसम्बन्धी कानुनमा राजनीतिबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने व्यवस्था स्पष्ट उल्लेख भएको उनले बताए । गलत बाटोबाट ल्याइएको अध्यादेश पारित हुनेमा उनले शंका व्यक्त गरे ।

शनिबार अस्ट्रेलियाको सिड्नीमा प्रवासी नेपाली एकता मञ्चले आयोजनामा गरेको अन्तरक्रियामा सांसद पाण्डेले सत्तासाझेदार दलबीच पनि समझदारी नगरी ल्याइएको अध्यादेश पारित नहुने जिकिर गरे ।

Dabur Nepal
NIC Asia

अध्यादेश आफू सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा पनि प्रस्तुत हुने भएकाले त्यसको खुलेर विरोध गर्ने उनले सुनाए ।

उनले विदेशमा रहने नेपालीलाई दलमा विभक्त भएर नबस्न आग्रह गरे । “विचार बोक्नुस्, सहयोग र सद्भाव राख्नुहोस्, तर विदेशमा बस्दा कम्तीमा दलीय रूपमा नभई नेपाली भएर बस्नुस् । यो मेरा आफ्नै साथीहरूलाइ पनि बिशेष आग्रह हो । तपाईंहरू सबै एकाकार भएर बस्नुभयो भने बल्ल गैरआवासीय नेपालीहरूको माग पूरा हुनुका साथै महत्त्व पनि बढ्ने गर्दछ,” उनले भने ।

उनले उक्त अध्यादेशको विरोध गर्न पनि प्रवासी नेपालीलाई आग्रह गरे ।

अर्को प्रसंगमा उनले एकैपटक नेपाल अमेरिका र अस्ट्रेलिया नबन्ने बताए । “विदेशमा बसेर नेपालमा केही भएन भन्ने बहस बन्द गर्नुहोस्, सबै देशका आआफ्ना विशेषता छन्,” उनले भने, “एकैपटक नेपाल अमेरिका र अस्ट्रेलिया बन्दैन । तर, नेपालमा पनि धेरै प्रगति र उन्नति भएका छन् ।”

उनले अगाडि भने, “होला, सोचेअनुरूप भएन होला । तर, सडक होस् या शिक्षा वा स्वास्थ्य – सबै क्षेत्र निकै अगाडि बढेको छ । अहिले गाउँगाउँमा सडक बनेका छन् । मेडिकल कलेज मात्र २५ वटा भइसके । विद्युत्कै कुरा गर्ने हो भने २५० मेगावाटबाट ३६ सयको हाराहारीमा उत्पादन भइसक्यो । बंगलादेश र भारतमा जति पनि बेच्न सकिने सम्भावना छ । आईटी क्षेत्रले सम्भावनाको ढोका खोलिदिएको छ ।”

रेमिट्यान्सले धानिएको मुलुकले प्रवासी नेपालीका बारेमा गम्भीर भएर सोच्ने बेला आएको उनले बताए । मध्यपूर्वजस्ता देशहरूमा सीप सिकाएर मात्र कामदार पठाउन सके त्यसले महत्त्वपूर्ण सन्देश दिने र गम्भीर दुर्घटनाबाट बच्न सकिने आफ्नो धारणा उनले सुनाए ।

एनएसडब्ल्यूका वाणिज्यदूत सञ्जीव शर्माले काउन्सिलरलाई अधिकारसम्पन्न बनाइए अस्ट्रेलियाजस्तो ठूलो देशमा पासपोर्ट र अरू सरकारी कार्य सहज हुने बताए । “परराष्ट्रको नियमावलीले कतिपय सवालमा काम गर्न अप्ठ्यारो बनाएको छ । हामीसँग कामदार र सुविधासम्पन्न कार्यालय छन्, अधिकार दिने हो भने हामी सबै कार्य गर्न सक्षम छौँ,” उनले भने ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता मञ्चका अध्यक्ष ध्रुव सुवेदी, गैरआवासीय नेपाली संघका सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, एनआरएनका सल्लाहकार दिनेश जोशी, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्षहरू सुरेन्द्र सिग्देल, नन्द गुरुङ, सामाजिक अभियन्ताहरू तीर्थ कार्की, सुवांश शाह, बाबुराम गौतमलगायत व्यक्तिले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेशको खुलेर विरोध गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro