बाह्रखरी फोटो
काठमाडौं । नेपाल प्रहरीमा विभिन्न रिक्त पदमा ठूलो संख्यामा भर्ना खुलेपछि यतिवेला युवाहरू दरखास्त दिइरहेका छन् ।
मंसिर २७ गतेदेखि प्रहरी जवान र कार्यालय सहयोगीमा खुलेको भर्नाका लागि दर्खास्त दिने म्याद माघ ७ गतेसम्म तोकिएको छ ।
म्याद सकिनै लाग्दा यतिबेला युवाहरू जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्खास्त दिन बिहानैदेखि प्रहरी कार्यालय धाइरहेका छन् ।
नेपाल प्रहरी देशभरका ११ स्थानमा भर्नाका लागि दर्खास्त आह्वान गरिएको छ । मंसिर २१ मा नेपाल प्रहरीमा ठूलो संख्या रिक्त रहेका स्थानमा भर्ना खुलेको थियोे ।
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ ११:२१
प्रतिक्रिया दिनुहोस्