site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बबरमहल क्षेत्रमा टेलिकमको फाइबर इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिकमले शुक्रबार साँझ सूचना जारी गर्दै सेवा अवरुद्ध भएको जानकारी दिएको हो ।

"नेपाल विद्युत् प्राधिकरणको अन्डरग्राउन्ड एचडीडी कार्य गर्ने क्रममा फाइबर इन्टरनेट सेवा पूर्ण रूपमा क्षति भई करिब एक हजार ग्राहकको सेवा अवरुद्ध भएको छ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ," टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

सो क्षेत्रमा मर्मत कार्य भइरहेकाले चाँडो सेवा सुचारु गरिने टेलिकमले जनाइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro