site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘एक्टर’को ट्रेलरमा प्रदीपलाई राजबल्लभ तगारो, निश्चलको सस्पेन्स इन्ट्री 

काठमाडौं । चलचित्र ‘एक्टर’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आज एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत फिचर्ड छन् । 

ट्रेलरले चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको देखाएको छ । महत्वकांक्षी प्रदीपको बाटोमा आउने तगारोको सेरोफेरोमा सिनेमा घुम्ने देखिन्छ । आफ्नो उचो छविलाई कसैले उछिनेको हेर्न नसक्ने पात्रले गर्ने षड्यन्त्र सिनेमाको मुख्य द्वन्द्व रहेको ट्रेलरले संकेत गरेको छ । 

Dabur Nepal
NIC Asia

ग्रे क्यारेक्टरमा राजबल्लभ रहेको ट्रेलरले देखाउने प्रयास गरेको छ । ट्रेलरमा निर्देशक तथा कलाकार निश्चल बस्नेतको इन्ट्री सस्पेन्स छ । 

माघ १६ गते रिलिज हुने चलचित्र ‘एक्टर’लाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ ।

प्रदीप, आना र दिव्यासँगै यो चलचित्रमा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

सिनेमा अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो । निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले संगीत दिएका छन् । शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन् । पोस्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् ।

द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro