site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनमिनका तत्कालीन प्रमुख इयानले शान्ति प्रक्रियाबारे शेखरसँग के भने ?

काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शान्ति प्रक्रियाका लागि राष्ट्रसंघीय मिसन (अनमिन)का प्रथम प्रमुख इयान मार्टिनसँग भेटवार्ता गरेका छन् । 

बेलायत भ्रमणमा रहेका डा. कोइरालाले नेपालको शान्ति प्रक्रियामम महत्वपूर्ण सुरुआती भूमिका खेलेको अनमिनका नेपाल प्रमुख मार्टिनबीच भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रियासहितका विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ । 

Dabur Nepal
NIC Asia

भेटमा मार्टिनले नेपालको शान्ति प्रक्रिया अझै नटुंगिएको भन्दै चिन्ता जाहेर गरेका थिए । कोइरालासँगको भेटमा शान्ति प्रक्रिया जतिसक्दो छिटो टुंग्याउन आग्रह गर्दै  मार्टिनले लामो समयसम्म राख्दा त्यसले नकारात्मक परिणाम दिनसक्ने बताए । 

तत्कालीन विद्रोही माओवादी निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले संक्रमणकालीन न्यायका बाँकी काम सक्नुपर्ने उनको सुझाव छ । 

राष्ट्रसंघीय मिसन प्रमुख हुँदा मार्टिनले माओवादी लडाकुलाई एकमुष्ट समायोजनको प्रस्ताव राख्दै सार्वजनिक भाषणबाजीमा उत्रिएपछि अन्तिम समयमा विवादित बनेका थिए । उनी विवादित बनेपछि कांग्रेसका तत्कालीन सभापति गिरपजाप्रसाद कोइरालाले माओवादी लडाकुहरूलाई राष्ट्रसंघको शान्ति मिसनमा लैजान आग्रह गरेका थिए । 

कोइरालाको आग्रहपछि पुनः प्रतिवादमा उत्रिएका मार्टिनका विषयमा राष्ट्रसंघमा तत्कालीन महासचिव वान कि मुनको नेपाल भ्रमणमा प्रश्न उठाएपछि अनमिनमा मार्टिनको ठाउँमा करिन लेनग्रेन पठाइएको थियो ।

यसैबीच, कोइरालाले बेलायती कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता गरेका छन् । भेटमा कोइराला र क्लेभर्लीबीच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोग, दुईपक्षीय हितसहितका विषयमा छलफल छ । 

कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनाको निरन्तरता र थप सहयोगका निम्ति आग्रह गरेका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro