site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्धविराम सम्झौतामा इजरायल र हमासले कस्तो प्रतिक्रिया दिए ?

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया दिएका छन् । 

हमासका मुख्य वार्ताकार खलिल अल–ह्याले युद्धको क्रममा गाजामा भएको पीडाका लागि हमासले इजरायललाई माफ गर्न नसक्ने बताएका छन् । 

“सबै पीडितहरूको तर्फबाट रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुको लागि हामी बिर्सने छैनौँ,” उनले भने । 

खलिले इजरायल यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको बताएका छन् । 

इजरायलका राष्ट्रपति इसहाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको वार्ता टोलीले यस सम्झौतालाई अन्तिम रूप दिनको प्रयासलाई समर्थन गर्ने बताएका छन् ।

हर्जोगले यसलाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाई आग्रह गरे । इजरायली मन्त्रिपरिषद्ले मतदानमार्फत सम्झौता अनुमोदन गर्नुपर्छ ।

हर्जोगले भने, “यदि, यो सम्झौतामा हस्ताक्षर, अनुमोदन र कार्यान्वयन भयो भने यसले अत्यन्त पीडादायी क्षणहरू ल्याउनेछ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती हो ।”

यसैबीच, इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ ।

इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौतासँग सम्बन्धित जानकारी भएको बीबीसीले जनाएको छ ।

उनीहरूले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हमासका एक अधिकारीले जानकारी दिएका छन् ।

गाजामा हमास र इजरायलबीच ७ अक्टोबर २०२३ देखि युद्ध चलिरहेको थियो । हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro