राजनीति
काठमाडौं । राष्ट्रपतिले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।
उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
२६ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धीसहित पाँच अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । अरू चार अध्यादेश यसअघि नै जारी भइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १७:३०
प्रतिक्रिया दिनुहोस्