देश
सुनसरी । सुनसरीमा मंगलबार सवारी दुर्घटना परेर उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुईजना घाइते भएका छन् ।
जिल्लाको बराहक्षेत्र नगरपालिकास्थित नडाहाको जंगलमा न्यायाधीश रेग्मी चढेको बीएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र ३ को जंगलमा कार दुर्घटना भएको हो। कारमा ५४ वर्षीय न्यायाधीश रेग्मी र ६५ वर्षीय कृष्ण खनाल सवार थिए । कारमा सवार दुवैजना घाइते भएको र उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
कारचालक भक्तपुर घर भएका ५४ वर्षीय कृष्णमान खोटेजा पक्राउ परिसकेका छन् । प्रहरीले उनीसँग आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१ २२:०२
प्रतिक्रिया दिनुहोस्