site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जय ट्रफीको फाइनल : पहिलो दिन पुलिसबाट भुर्तेलको अर्धशतक

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कप फाइनलको पहिलो दिन त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

मंगलबारदेखि सुरु भएको फाइनलको पहिलो दिन टस हारेर ब्याटिङमा आएको पुलिसले स्टम्प हुनुअघिसम्म दुई विकेट गुमाएर ८५ रन बनाएको छ ।

पहिलो दिन पुलिसका ओपनर कुशलले ५० रन बनाएका छन् । अविजित रहेका कुशलले ५१ बलमा ६ चौका प्रहार गरेका छन् ।

यसबाहेक, पुलिसका अमित श्रेष्ठ २० रन बनाएर आउट भए । ओपनर दीलिप नाथ गोल्डेन डक हुँदा अर्जुन साउद शून्यमा अविजित छन् ।

०–१ को स्थितिबाट कुशल र अमितले ६५ रनको साझेदारी गर्दै पुलिसको इनिङ सम्हालेका थिए ।

आर्मीका सोमपाल कामी र साहब आलमले समान एक विकेट लिएका छन् ।

चार टोली सहभागी रहेको प्रतियोगितामा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा आइपुगेका हुन् ।

प्रतियोगितामा सहभागी वाग्मती र मधेस प्रदेश भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro