site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तरुलबाट बनाइएको म : म, पकौडा अवलोकनकर्ताको रोजाइमा
फाइल तस्बिर ।

झापा । माघे संक्रान्तिका अवसरमा मेचीनगर नगरपालिकाको वडा नं ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ ।

मेचीनगर नगरपालिकाद्वारा आयोजित तीन दिवसीय उक्त महोत्सव तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

उनका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेको छभने तीन दिनमा रु ५० लाखबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ ।

भारतस्थित पश्चिम बंगालका पर्यटन अभियन्ता राज बसु नेपालमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको धारणा व्यक्त गर्दै तरुल महोत्सवले दुवै देशको ग्रामीण भेगमा उत्पादित उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने बताउँछन् ।

महोत्सवमा तरुलका विभिन्न प्रजाति बिक्रीका लागि राखिएका छन् भने तरुलबाट बनाइएको स्टिम मःम, पकौडा, छोयला, साँधेको अचार, तारेको फुरौलालगायत परिकार महोत्सवको आकर्षण बनेको छ । 

सिमल तरुल, घर तरुल, वन तरुल, सुठुनी तरुल, पताले तरुल, पिडालु, कच्छुलगायत विभिन्न प्रकारका तरुल बिक्रीमा राखिएको छ । त्यस्ता प्रदर्शनी कक्षमा ग्राहकको घुइँचो लाग्ने गरेको स्थानीय ग्रिन जेनेरेसनका महासचिव मञ्जिल देवानले बताए । 

बाहुनडाँगीको हात्तीमैत्री किसान समूहले उत्पादन गरेको बेल्चनाको चाना, कोदोको पिठो, तामाको मेसु, मोरिंगाको पिठो, किम्बुको वाइन, रातो केराको बिरुवा, मरिच, सुपारी र तेजपत्ताको बिरुवा महोत्सवमा छुट्टै स्टलमा राखिएको समूहका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro