site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजार १५ अंकले घट्यो, १३ वटै समूह राताम्य

काठमाडौं । साताको दोस्रो कारोबारमा पनि सेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो दिन (आइतबार) २५ अंकले घटेको बजार सोमबारको कारोबारमा १५.५४ अंक घटेको हो । यससँगै समग्र बजार मापक २५९४.१३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजार घट्दा ६३ कम्पनीको सेयर मूल्य बढेको छ । १७५ कम्पनीको सेयर मूल्य घट्दा पाँच कम्पनीको मूल्य स्थिर रह्यो ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । यसदिन ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६४ हजार २७८ पटकमा खरिद बिक्री भएको छ ।

बाराही हाइड्रो, सुपरमादी हाइड्रो, नारायणी विकास बैंक, सर्पोट माइक्रो फाइनान्स, नेपाल एसबीआई बैंक शीर्ष कमाउने कम्पनी रहे ।

समूहगत सूचकतर्फ १३ वटै समूह राताम्य देखिएका छन् । सबैभन्दा धेरै व्यापार समूह १.८९ प्रतिशत नकारात्मक रह्यो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro