site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रंगी’को गीत सार्वजनिक, आनन्द कार्की भन्छन्– दुर्गेशको शब्द/संगीतमा गाउने चाहना पूरा भयो  

काठमाडौं । चलचित्र ‘रंगी’को गीत ‘छ भने माया...’ सार्वजनिक भएको छ । गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ । दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज छ । 

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी फिचर्ड छन् । 

गीत रिलिजपछि संगीतकार दुर्गेशले दश वर्ष पछाडिसम्मको मेलोडीलाई समेटेको बताए । उनले गायक आनन्द कार्कीजस्तो दिग्गज गायकलाई आफ्नो संगीत र शब्दमा समेट्नु आफ्ना लागि चुनौती भएको बताए । 

गायक आनन्द कार्कीले दुर्गेशको शब्द र संगीतमा गीत गाउने चाहना पूरा भएको बताए । 

फागुन २ गतेबाट रिलिज हुने चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन् । उनले ‘रंगी’ सलोन र आफ्नो सोचको परिणाम भएको बताए । न्यौपानेले दर्शकले सामाजिक कथासँगै हाँसो र रोदनको मिश्रण पाउने जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro