site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा अधिवेशन आह्वान सिफारिस
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आउँदो माघ ७ गते आह्वान गर्ने निर्णय गरिएको छ । आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभा अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।

कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभा आह्वान हुने जानकारी दिए ।

प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको लामो समयपछि हिउँदे अधिवेशन आहृवान हुने भएको हो । सभामा सरकारले केही पुराना ऐन संशोधन गर्ने र नयाँ विधेयक समेत लैजाने तयारी गरेको छ ।

हाल कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro