site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘द स्ट्रङ्गर’मा रातो र सेतो लुगाको अर्थ के हो ?

काठमाडौं । नाटक ‘द स्ट्रङ्गर’ आजबाट मञ्चन सुरु भएको छ । थिएटर भिलेज नेपालको प्रस्तुति रहेको नाटक आजबाट नियमित मञ्चन सुरु भएको हो । 

नाटक माघ १२ गतेसम्म हरेक साँझ ५ बजे मञ्चन हुनेछ । 

‘द स्ट्रङ्गर’ एक महत्वाकांक्षी र सीमाभन्दा पर गएर गरिएको शारीरिक नाट्यप्रस्तुति रहेको नाटक हो । नाटकले सत्ता, शक्ति, पहिचान र महिलामाथिका सामाजिक अपेक्षाहरूको अवधारणामाथि प्रश्न उठाउँछ । 

नाटकले ऐतिहासिक रूपमा महिलाहरूलाई प्रदान गरिएको अपेक्षित पारम्परिक भूमिकामाथि प्रश्न गर्दै समाजले परिभाषित गरेको सत्ता, शक्ति, सौन्दर्य र प्रभावमाथि आलोचनात्मक मत राखेको छ । 

नाटक दुई पात्रहरूको प्रतीकात्मकता वरिपरि बनाइएको छ, जसमा एकले रातो लुगामा शरीरको प्रतिनिधित्व गर्दछ भने अर्कोले सेतो लुगामा आत्माको प्रतिनिधित्व गर्छ । 

यी दुई पात्रहरूबीच उत्पन्न तनावलाई नै नाटकको केन्द्रीय द्वन्दको रूपमा प्रस्तुत गरिएको छ । यसमार्फत संसारलाई हेर्ने महिलाको दृष्टिकोणलाई उजागर गर्ने प्रयास गरेको छ । 

नाटक ‘द स्ट्रङ्गर’ एक स्विडिस नाटक हो, जसलाई अगस्ट स्ट्राइन्डबर्गले सन् १८८९ मा लेखेका हुन् । नाटक निर्देशन जेनी सुनुवारको छ ।

नाटकमा जेनी सुनुवार, सरगम राई, सन्जीव राई, बालाहाङ राईको अभिनय छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro