काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू साधारण र इमानदार मान्छे भएको दाबी गरेका छन् ।
बिहीबार अनेरास्ववियुको कार्यशालामा उनले विगतमा एमालेलाई टर्च लाइट बाल्दा पनि भेटाउन नसक्ने बनाउने अभिव्यक्ति दिनेले आफूलाई पनि बिर्र्सिएको टिप्पणी गरे ।
“एमालेलाई भित्तामा टाँसिदिने रे के । भित्तामा टाँसेपछि फोटो भएन ? एमाले छायाँ बनाउँछु भने । केपी ओली को ? को केपी ओली ? यति पनि बिर्सने भए क्या । यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्,” ओलीले भने ।
ओलीले आफू साधारण र इमान्दार मान्छे भएको बताए । “को केपी ओली भन्ने कुरा म बताउन्न । मैले थाहा पाएको भनेको, एउटा साधारण मान्छे हो । इमानदारिताका साथ काम गर्छ,” ओलीले भने, “तर, झिँगाले सरापेर गाई वस्तु मर्दैन ।”