site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनेरास्ववियुलाई ओलीको निर्देशन– प्रचारको बाढी ल्याउनुहोस्

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थी संगठन अनेरास्ववियुलाई प्रचारको बाढी ल्याउन निर्देशन दिएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित अनेरास्ववियुको कार्यशालामा उनले सामाजिक सञ्जालमा आक्रामक शैलीमा प्रस्तुत हुन निर्देशन दिए । 

“हाम्रा साथीहरूलाई एग्रिसिभ्ली अघि बढ्न आग्रह गर्छु । हामी मुड्कीको राजनीति गर्दैनौँ । तर, काममा, सक्रियतामा, प्रचारप्रसारमा एग्रेसिभ,” ओलीले भने । 

उनले पत्रपत्रिकामा आएको कुरामा  ध्यान नदिई हातमा भएको मोबालबाट प्रचार गर्न निर्देशन दिए । “पत्रपत्रिकामा के आयो भने छाडिदिनुस्, युट्युबमा के आयो भनेर छोडिदिनुस् । अनेरास्ववियुको प्रचारको समुन्द्र, बाढी बगाउनुस् न, मोबाइलमा । अरू चाहिँदैन,  अनेरास्ववियुको आवाजले नै धान्छ,” ओलीले भने ।

उनले मोबाइलबाट आएको आवाजले प्रचार अभियान यस्तो हुँदोरहेछ भनेर दुनियालाई आश्चर्यचकित बनाउन निर्देशन दिए । 

“टिकटकमा अरूले मौका नै नपाउने गरी सधैँ एमालेले भर्ने बनाइदिनुस् न,” ओलीले भने , “अरूको हेर्नै नभ्याउने गरी खोल्ने बित्तिकै एमाले, एमाले, अनेरास्ववियु, अनेरास्ववियु...।”

उनले फागुन १५ गते हुने स्ववियु निर्वाचनमा जितको शुभकामना दिए । अनेरास्ववियुले हार्न नजानेको दाबी गरे । उनले एमालेमा युवा छैनन् भन्ने प्रचारको जवाफ निर्वाचनले दिनुपर्ने बताए । 

“एउटा कुरा सावित गर्नुछ यसपटक । एमालेसँग युवा छैनन्, कोसँग युवा रहेछन् ? फागुन १५ गते जाँभेर हेरौँ पञ्जा लडाइँ हेरौँ । कोसँग रहेछन् युवा, कोसँग रहेनछन्,” ओलीले भने, “केही केही न संगठन छ, न केही छ, अर्काले फुकेका बेलुन । तीसँग डराउनुपर्दैन । हामी लाखौँ छौँ ।”

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro